ब्रेकिंग न्युज

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी



जुम्ला,२३ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग तीन हजार १८१ मतान्तरसहित निर्वाचित हुनुभएको हो । यहाँ भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्दा नेकपा (एमाले) का शान्तिलाल महतले चार हजार ५१८, नेपाली कांग्रेसका दीपबहादुर शाहीले सात हजार १४३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताउनुभयो । यहाँ रास्वपाकी विनीता कठायतले ४२१, प्रलोपाका मनऋषि धितालले ११२, नेमकिपाका बृषबहादुर रावतले ४०० प्राप्त गर्नुभएको छ। जिल्लामा विभिन्न पार्टीका नौ र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

प्रकाशित : २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६