ब्रेकिंग न्युज

विकास र समृद्धिका निम्ति एमालेको सहकार्यमा जोड संयोजक शर्मा



कपिलवस्तु २४ फाल्गुण

नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन परिचालन कमिटी क्षेत्र नं. १, कपिलवस्तुका संयोजक डम्मर शर्माले एक विज्ञप्ती मार्फत क्षेत्र नं. १ को विकास र समृद्धिका निम्ति राजनैतिक दलसंगको सहकार्यमा जोड दिएको छ । संयोजक शर्माले २०८२ फाल्गुण २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ मा भएको लोकतान्त्रिक अभ्यास सहितको निर्वाचन मर्यादित ,शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ भनिइएको छ । त्यसैगरी निर्वाचन व्यवस्थापन तथा लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सहयोग गर्नुहुने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पर्यवेक्षकहरू, सञ्चारकर्मी मित्रहरू, नागरिक समाजका प्रतिनिधिहरू तथा सम्पूर्ण सरोकारवाला निकायहरू प्रति पनि हामी हार्दिक आभार व्यक्त गर्दछौं जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा निर्वाचन अभियानको क्रममा निरन्तर सक्रियतापूर्वक अहोरात्र खटिनुहुने पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सहयोगीहरू प्रति हामी विशेष धन्यवाद ब्यक्त गर्दछौं। यहाँहरूको योगदान, विश्वास र एकताले पार्टीलाई अझ सशक्त र सुदृढ हुने विश्वास गरेका छौं । निर्वाचन लोकतन्त्रको एउटा सुन्दर पक्ष हो । यस निर्वाचन प्रक्रियालाई सम्पन्न गराउन अहोरात्र खटिनुहुने निर्वाचन आयोगका कर्मचारीहरू, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीहरू, मतदान अधिकृत र संलग्न कर्मचारीप्रति हामी विशेष धन्यवाद व्यक्त गर्दछौं। संयोजक शर्मा द्धारा जारी विज्ञप्तीमा
निर्वाचनमा विजयी उम्मेद्वारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं भनिएको छ ।

प्रकाशित : २४ फाल्गुन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६