खेलकुद

भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता



झापा, १ चैत ः भद्रपुरमा रु ११ लाख नगद राशि पुरस्कार रहेको अन्तरराष्ट्रिय नकआउट महिला फुटबल गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ ।
चन्द्रगढी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म मेची रङ्गशालामा सञ्चालन हुने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजन भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले गर्ने भएको छ । प्रतियोगितामा विजेता टोलीले रु ११ लाख नगद पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष सुब्बाले बताउनुभयो । महिला फुटबलको इतिहासमै यति धेरै नगद पुरस्कार पहिलोपल्ट दिइन लागेको हो । उहाँका अनुसार नेपाल, भारत र भुटानका १० वटा महिला फुटबल टोलीको सहभागिता रहने प्रतियोगितामा नेपालका शीर्ष टिमसहित भारत र भुटानको टिम आउने पक्का भइसकेको छ । आयोजकले अन्य देशबाट पनि टिम ल्याउने प्रयास गरिरहेको जनाएको छ ।
झापालाई महिला फुटबलको हब बनाउने र फुटबलबाटै भविष्य देखेका खेलाडीलाई प्रोत्साहित गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि अहिले मेची रङ्गशालाको मैदानमा आवश्यक तयारी भइरहेको छ ।

प्रकाशित : १ चैत्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६