अर्थ-वाणिज्य

आर्थिक गणना कार्यालय स्थापना



नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ४ चैत

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा जिल्ला आर्थिक गणना कार्यायलको स्थापना गरिएको छ । जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा बसेको बैठकले कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अधिकारी यज्ञमूर्ति भण्डारीले बताउनुभयो । चैत महिनाभरि गणनाका लागि आन्तरिक तयारी पूरा गरिने उहाँले बताउनुभयो । यसका लागि सात सुपरिवेक्षक र ४८ गणक खटिएका छन् । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ जिल्लाभरि दर्ता भएका र नभएका उद्योग प्रतिष्ठान तथा सानादेखि ठूला व्यवसायीकहाँ पुगेर गणना गरिने छ । गणनाका लागि गणकलाई दुई फारम दिइने गणना अधिकारी भण्डारीले बताउनुभयो । जसमा पहिलो सूचीकरण फारम हुन्छ भने अर्को मुख्य प्रश्नावली फारम हुन्छ । कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने उहाँले बताउनुभयो । अभियान सफल पार्न सरोकारवालासँग जिल्लास्तरीय अन्तरक्रिया र स्थानीय तहसँग सचेतना गोष्ठीलगायत कार्यक्रम गरिने गणना अधिकारी भण्डारीले बताउनुभयो ।

प्रकाशित : ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६