अन्तर्राष्ट्रिय

आज विश्व हिमनदी दिवस



काठमाडौँ, ६ चैत

आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वषए २० मार्चमा मनाइन्छ । पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका आधारसमेत हुन् । पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ । विश्वभरको पारिस्थितिक प्रणाली, मानव जीवनयापन र अर्थतन्त्रमा गम्भीर असर पार्ने जोखिम बढाएकामा चिन्ता व्यक्त गर्दै उक्त विश्व संस्थाले यो चुनौतीलाई सम्बोधन गर्न हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि ठोस कदम चाल्न अपरिहार्य भएको बताएको छ । ––– तस्बिर: संयुक्त राष्ट्रसङ्घ

प्रकाशित : ६ चैत्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६