देश

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण



जलेश्वर (महोत्तरी), ६ चैत

प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई गौशालाको निरीक्षण गर्नुभएको छ । उहाँ आज दिउँसो महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुर टोलमा अवस्थित निगौल गाई गौशालाको निरीक्षण गर्नुभएको हो । गाई गौशालाको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले समयसमयमा यहाँका गाईको अवस्था दयनीय रहेको गुनासा उठ्दै आएको कुरालाई सम्झँदै गाईको संरक्षण गर्न, गाईको सेवा गर्न र गाई गौशालालाई रोजगारीको अवसरका रूपमा संरक्षण गर्न सुझाव दिनुभयो । उहाँले हिन्दू धर्ममा गाईलाई आमा मानिने गरिएकाले गाईमाथि कुनै पनि किसिमको शोषण हुन नदिन तथा यस गौशालालाई उद्योगका रूपमा विकास गरेर रोजगारी सृजना गर्न सल्लाह दिनुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामी हिन्दूले चरा, मुसो, उल्लु सबैलाई पूजा गर्छौँ र श्वास भएका जीवजन्तुलाई सेवा गर्छौँ,सबैले मिलेर गाईको सेवा गर्नुपर्छ ।” उहाँले मैथिली भाषामा बोलेर गाईको सेवा गर्न स्थानीयलाई सम्बोधन गर्नुभएको थियो । महोत्तरीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रमोद महतोलाई यस गौशालाको समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।

प्रकाशित : ६ चैत्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६