देश

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा



गण्डकी, ८ चैत

गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायाता व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उक्त विधेयक प्रदेशसभामा पेस गर्नुभएको हो । सोमबार बस्ने प्रदेशसभा बैठकमा उक्त विधेयकमाथि छलफल हुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो । “विधेयकमाथि छलफल भएपछि पारित गर्ने प्रकृया अगाडि बढ्छ”, उहाँले भन्नुभयो । आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारी, विपक्षी दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य महेन्द्र जिसीले समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य दमयन्ती रुचाल, दिलमाया पौवी, नन्दकला नेपाली, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, महेश भट्टराई, लिलबहादुर थापा, श्यामराजा महत र हरिबहादुर भण्डारीले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित : ८ चैत्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६