पर्यटन

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण



सिद्धार्थनगर (भैरहवा), ९ चैतः बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश फैलाउने उद्देश्यसहित विश्व शान्ति मन्दिरको निर्माणलाई तीव्रता दिइएको छ । मन्दिरका प्रमुख श्याल्पा तेन्जिन रिन्पोछेले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्ने बौद्ध दर्शनलाई आत्मसात् गर्दै विश्वमा शान्ति स्थापना गर्ने लक्ष्यसहित मन्दिर निर्माण अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मानवता, मैत्री र अहिंसाको उज्यालो फैलाउने ध्येयले यो परियोजना सुरु गरिएको हो ।
सन् २०१४ मा शिलान्यास गरिएको उक्त मन्दिर बौद्ध आस्थाको अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । मन्दिरको खाका जर्मनीका प्रख्यात आर्किटेक्ट स्टेफ ब्राउनफेल्सले तयार पार्नुभएको हो । मन्दिर प्रशासनका अनुसार विभिन्न प्रशासनिक जटिलताका कारण निर्माणकार्य केही समय प्रभावित भए पनि अहिले पुनः तीव्रगतिमा अघि बढाइएको छ यसैबीच, मन्दिर निर्माणस्थलको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिज तथा सञ्चारकर्मीहरूको टोलीले स्थलगत अनुगमन गरेको छ । लुम्बिनीमा निर्माणाधीन यस मन्दिरले “अप्प दीपो भव” अर्थात् ‘आफैँ प्रकाश बन’ भन्ने बुद्ध बचनलाई आत्मसात् गर्दै विश्व समुदायमा शान्ति, सहिष्णुता र मानव एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ । यो मन्दिर निर्माणसँगै विश्व शान्तिका लागि नयाँ अभियान सुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

प्रकाशित : ९ चैत्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६