कर्णाली

रासस समाचार प्रभावः तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था



जुम्ला, १३ चैत

तिला गाउँपालिकमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएको छ । पालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको समाचार राससले यही चैत १० गते सम्प्रेषण भएपछि बिहीबार पालिकामा कर्मचारी व्यवस्थापन गरिएको हो । सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले पालिकामा कार्यरत वरिष्ठ कर्मचारी सुरेन्द्रसिंह साउदलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो । यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईको माघको दोस्रो साता सरुवा भएपछि फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन नसकेको उहाँले बताउनुभयो । यसैबीच, पालिकामा चालु आर्थिक वर्षको प्रथम आठ महिनामा पुँजीगततर्फ कूल बजेटको १७ प्रतिशत मात्र खर्च भएको छ । पालिकाले यो आवमा रु २८ लाख आठ हजार ७५० राजस्व सङ्कलनको लक्ष्य लिएकामा रु नौ लाख ९७ हजार सङ्कलन भएको जनाएको छ ।

प्रकाशित : १३ चैत्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६