देश

हेटौँडा सिमेन्ट सञ्चालक समितिका अध्यक्ष भण्डारीद्वारा राजीनामा



बागमती, १५ चैत

हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले आफूले अध्यक्षबाट राजीनामा दिएको पत्र आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को २०८१ जेठ २४ गतेको निर्णयअनुसार तीन वर्षका लागि भण्डारीलाई अध्यक्षमा नियुक्त गरिएको थियो । आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन विभिन्न चुनौतीका बीच निरन्तर प्रयास गर्दै पुराना मेसिनरी, प्रविधिगत सीमितता तथा आर्थिक अभावका बाबजुद उद्योगबाट हाल क्लिङ्कर उत्पादन र सिमेन्ट बिक्री प्रक्रियामा रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । —

प्रकाशित : १५ चैत्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६