खोज–अनुसन्धान

‘कपिलवस्तुका सम्पदा’ पुस्तक सार्वजनिक

२३५ ऐतिहासिक स्थलको विस्तृत अध्ययन समेटियो



कपिलवस्तु १७ चैत्र

कपिलवस्तुको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा धार्मिक महत्व उजागर गर्ने उद्देश्यले तयार गरिएको ‘कपिलवस्तुका सम्पदा’ नामक पुस्तक प्रकाशन गरिएको छ। पुस्तकका लेखक पोमनारायण पौडेलका अनुसार यस कृतिमा कपिलवस्तुका १० वटा स्थानीय तहअन्तर्गत रहेका २३५ स्थलहरूको अनुसन्धानात्मक अध्ययन समेटिएको छ।
लेखक पौडेलले पुस्तक तयार पार्ने क्रममा बौद्ध धर्मग्रन्थहरू, पुरातात्विक अध्ययन प्रतिवेदनहरू तथा पौराणिक साहित्यलाई मुख्य स्रोत सामग्रीका रूपमा उपयोग गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कपिलवस्तुको सन्दर्भमा हालसम्म प्रकाशित कृतिहरूम ध्ये यस पुस्तकमा सबैभन्दा धेरै स्थलहरूको विस्तृत विवरण समावेश गरिएको दाबी गरिएको छ।

‘कपिलवस्तुका सम्पदा’ पुस्तक शैक्षिक तथा अनुसन्धानका दृष्टिले महत्वपूर्ण मानिएको छ। विश्वविद्यालयका विद्यार्थी, अनुसन्धानकर्ता, स्थानीय पाठ्यक्रम विकासमा संलग्न निकाय, साथै कपिलवस्तुको इतिहास र सम्पदाबारे जान्न चाहनेहरूका लागि यो पुस्तक उपयोगी स्रोत सामग्री बन्ने अपेक्षा गरिएको छ। यसले योजना निर्माण तथा पर्यटन पूर्वाधार विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
पुस्तकको मूल्य ६६५ रुपैयाँ निर्धारण गरिएको छ भने कपिलवस्तुका विभिन्न पुस्तक पसलहरूमा सहज रूपमा उपलब्ध रहेको जनाइएको छ।

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६