ब्रेकिंग न्युज

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने



काठमाडौँ

गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ । आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले विपद्मा परेका नागरिकको तत्कालै उद्धार गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिनुभएको हो । उहाँले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धारमा खटिएकामा धन्यवाद समेत व्यक्त गर्नुभएको सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । सो क्रममा गृहमन्त्री गुरुङले आम नागरिकको जीउ ज्यानभन्दा ठूलो पैसा नभएको उल्लेख गर्दै आपत् विपद्मा परेका नागरिकको सेवा सुरक्षा गर्नका लागि नेपाल सरकार, गृहमन्त्रालयलगायत सुरक्षार्मीहरु तयारी अवस्थामा रहन निर्देशनसमेत दिनुभयो । गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् सुरु हुनु पूर्व नै तयारी अवस्थामा रहन निर्देशन दिनुका साथै सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अब ब्यारेकमा नभएर मैदानमा हुनुपर्ने बताउनुभयो ।

प्रकाशित : १८ चैत्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६