खोज–अनुसन्धान

पारदर्शिता र प्रविधिमा बुद्धभूमिको संस्थागत रुपान्तरण



कपिलवस्तु, बुद्धभूमि १९ चैत्र

पारदर्शिता र प्रविधिमा बुद्धभूमि नगरपालिका संस्थागत रुपान्तरणमा उल्लेख्य प्रगती देखा परेको छ । बुद्धभूमि नगरपालिका नगरकार्यपालिकाको कार्यालय, बुडढीले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न सूचकांकका आधारमा उल्लेखनीय प्रगति हासिल गर्दै सुशासन, पारदर्शिता र संस्थागत क्षमता अभिवृद्धिमा उदाहरणीय काम गरेको देखिएको छ।
नगरपालिकाले सो अवधिमा तीनवटै सार्वजनिक सुनुवाई कार्यक्रम समयमै सम्पन्न गरी नागरिकसँगको प्रत्यक्ष संवाद र जवाफदेहितालाई सुदृढ बनाएको छ। यसले स्थानीय तह प्रतिको जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको छ।
संस्थागत क्षमता सुदृढीकरणतर्फ, स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने पहिलो स्थानीय तह बन्न सफल भएको छ। यस सूचकमा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा प्राप्त ८१ अंकलाई सुधार गर्दै २०८०/०८१ मा ८६ अंक हासिल गरेको छ, जसले संस्थागत सुधारको निरन्तरता र प्रतिबद्धता प्रस्ट पार्छ।
त्यसैगरी, वित्तीय जोखिम मूल्याङ्कनमा पनि उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०७९/०८० मा ७२.५ अंक प्राप्त गरेको नगरपालिकाले २०८०/०८१ मा ८१ अंक हासिल गर्दै वित्तीय अनुशासन र जोखिम व्यवस्थापन क्षमतामा प्रगति गरेको पुष्टि गरेको छ।
नियामक निकायमा परेका उजुरीहरू माथि समेत नगरपालिका सक्रिय देखिएको छ। प्राप्त २५ वटा उजुरीमा समयमै जवाफ प्रदान गरिएको छ भने १० वटा उजुरी तामेलीमा गएको जनाइएको छ। यसले प्रशासनिक प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई थप मजबुत बनाएको छ।
विपद् व्यवस्थापनतर्फ, नगरपालिकाले पूर्व तयारीका कार्यहरू प्रभावकारी रूपमा अगाडि बढाएको छ। सित लहरबाट प्रभावित नागरिकलाई दाउरा तथा कम्बल वितरण गरिएको छ भने डढेलो तथा आगजनी नियन्त्रणका लागि वारुण यन्त्र खरिद गरी श्री शमशेर दल गण, गोरुसिंगेसँग सहकार्यमा आवश्यक व्यवस्थापन गरिएको छ।
प्रविधि मैत्री सेवा प्रवाहतर्फ पनि नगरपालिका अघि बढेको छ। नगरपालिका, सबै वडा कार्यालय तथा विद्यालयहरूमा विद्युतीय हाजिरी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएको छ, जसले सेवा प्रवाहमा पारदर्शिता र दक्षता वृद्धि गरेको छ।
यस्तै, संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य समेत अगाडि बढाइएको छ, जसले दीर्घकालीन संस्थागत सुधारका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।
समग्रमा, बुद्धभूमि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सुशासन, पारदर्शिता, प्रविधिको प्रयोग र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै अन्य स्थानीय तहका लागि समेत अनुकरणीय उदाहरण प्रस्तुत गरेको नगरपालिकाद्धारा तयार पारिएको आधिकारिक वार्षिक समिक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित : १९ चैत्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६