तौलिहवा, कपिलवस्तु १९ चैत्र
कपिलवस्तु नगरपालिका नगरकार्यपालिकाको कार्यालय, तौलिहवाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका केही महत्वपूर्ण र अनुकरणीय कार्यहरूले नगरको स्वरूप परिवर्तन मात्र होइन, दीर्घकालीन विकासको स्पष्ट संकेत समेत दिएका छन्। योजनाबद्ध ढंगले कार्यान्वयन गरिएका पूर्वाधार तथा सौन्दर्यीकरणका कार्यक्रमहरूले स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पारेका छन्।

नगरपालिकाले बुद्धनगरी तौलिहवाको भिक्षुचोकमा नमुना चौमुखे गेट निर्माण गरी नगरको पहिचान र सांस्कृतिक गरिमालाई थप उचाइ दिएको छ । यो गेट केवल भौतिक संरचना मात्र नभई, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तौलिहवाको प्रवेशद्वारका रूपमा स्थापित भएको छ। यसले पर्यटक आकर्षण बढाउने र नगरको ब्रान्डिङमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।
यसैगरी, वडा नं. ९ मा नमुना वडा कार्यालय भवन निर्माण गरिएको छ, जसले स्थानीय तहको सेवा प्रवाहलाई व्यवस्थित, सहज र प्रभावकारी बनाएको छ। आधुनिक संरचना र सुविधा सम्पन्न भवनले सेवाग्राहीको विश्वास बढाउनुका साथै प्रशासनिक कार्य सम्पादनलाई समेत चुस्त बनाएको छ। यो पहल अन्य वडाहरूका लागि पनि अनुकरणीय बन्ने देखिन्छ।
त्यसैगरी, तौलिहवा बजारको मुख्य सडकमा वृक्षारोपणसँगै स्ट्रिट तथा हाई मास्क लाइट जडान गरिएको छ। यसले बजार क्षेत्रको सौन्दर्य वृद्धि गर्नुका साथै रात्रीकालीन आवागमनलाई सुरक्षित र सहज बनाएको छ। हरियाली प्रवद्र्धनसँगै उज्यालो व्यवस्थापनले वातावरणीय सन्तुलन र दिगो विकासतर्फ सकारात्मक संकेत गरेको छ।
यी सम्पूर्ण कार्यहरू केवल संरचना निर्माणमा सीमित नभई, समग्र नगर विकास, सेवा प्रवाह सुधार र वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन सोचका उदाहरण हुन्। स्थानीय तहले सीमित स्रोतसाधनका बाबजुद देखाएको प्रतिबद्धता र कार्यकुशलताले अन्य स्थानीय तहहरूलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।
समग्रमा, कपिलवस्तु नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा अघि सारेका यी पहलहरू नगर विकासको मार्गचित्रलाई थप स्पष्ट बनाउने र नागरिकमैत्री शासनको नमूना प्रस्तुत गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा देखिएका छन्। तस्विर नारद कोहार








प्रतिक्रिया