ब्रेकिंग न्युज

अमेरिकन डलर देखाई ठगी गर्ने दुई जना पक्राउ



काठमाडौँ, १८ चैतः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकन डलर देखाई ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ का २८ वर्र्षीय सरोज भन्ने सुवास तामाङ तथा मकवानपुर थाहा नगरपालिका–१२ का २७ वर्षीय फुर्साङ पासाङ भन्ने गौरव स्याङ्तान रहेका काठमाडाँै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोट लिखु गाउँपालिका–६ घर भई हाल काठमाडौँ तार्केश्वर–१० बस्ने दीपक थापालाई थानकोट पिपलबोटस्थित बोलाई अमेरिकन डलर १२ हजार ६०० सस्तो दरमा साटिदिन्छु भनी प्रलोभनमा पारी नेपाली नगद रु तीन लाख ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा निजहरूलाई कलङ्कीबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरूका साथबाट ‘सिम कार्ड’ पाँच थान, विभिन्न कम्पनीको मोबाइल तीन थान बरामद गर्नाका साथै सरोज भन्ने सुवास तामाङ २०७९ भदौ १३ गते घर चोरी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दुई वर्ष ११ महिना एक दिन कैद, रु ३५ हजार जरिवाना र रु एक हजार ४०० क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने फैसला भएको र उक्त व्यक्ति चार पटक मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । यसैगरी, उक्त व्यक्तिहरूको आपराधिक कार्यविधि हेर्दा ‘ट्रेकिङ’ वा भरियाको काम गर्दा र पहिरोमा डलर तथा अन्य विदेशी मुद्रा भेटेको भनी मानिसहरूलाई प्रलोभनमा पारी ठगी गर्ने गरेको खुलेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त थानकोट पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

प्रकाशित : १९ चैत्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६