अर्थ-वाणिज्य

उद्यमशीलता र पारदर्शितामा जोड दिँदै बाणगंगामा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइयो



कपिलवस्तु, बाणगंगा, २० चैत्र

६९औं राष्ट्रिय सहकारी दिवस २०८२ “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ देशभर विविध रचनात्मक कार्यक्रम गरी मनाइएको छ। यसै अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिकामा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।


कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगामा रहेका सहकारी संस्थाहरू प्रदेशमै उत्कृष्ट रहेको उल्लेख गर्दै सहकारी एकीकरण, सहकारी ऐन निर्माण लगायतका महत्वपूर्ण कार्यहरू सम्पन्न गरिएको जानकारी दिनुभयो। उहाँले सहकारी क्षेत्रलाई अझ व्यवस्थित र पारदर्शी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचार्य, कपिलवस्तु बचत संघका अध्यक्ष धुव्र बेल्बासे लगायतको आतिथ्यता रहेको थियो। साथै नगरभित्रका सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कार्यपत्र प्रस्तुत गर्दै बाणगंगा नगरपालिकाको समसामयिक अवस्था तथा सहकारी नियमनका क्रममा देखिएका समस्याहरूलाई समाधान गर्न चालु आर्थिक वर्षदेखि विभिन्न पहलहरू कार्यान्वयनमा ल्याइएको स्पष्ट पार्नुभयो।
त्यसैगरी, सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक हरिलाल शर्माले युवा सदस्य केन्द्रित स्टार्टअप व्यवसाय सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सहकारीमार्फत युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
बाणगंगा नगरपालिका नगरकार्यपालिकाको कार्यालयको आयोजनामा तथा बाणगंगा सहकारी सञ्जालको संयोजनमा सम्पन्न उक्त कार्यक्रम नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता तथा नगर शाखा प्रमुख सञ्जु देवी आचार्यको सञ्चालनमा सम्पन्न भएको नगर उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिनु भयो ।

प्रकाशित : २० चैत्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६