बागमती

ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँद्वारा माग



बागमती, २१ चैत

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिनु आग्रह गर्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिकोत्सवको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले हेटौँडामा सडक विस्तारका लागि संरचना भत्काउँदा पीडित व्यापारी भएका व्यापारीको बैङ्कको ब्याज मिनाहा गर्न सङ्घीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो । व्यापारीहरुले प्रदेश सरकारलाई बुझाउँदै आएको करमा सहजीकरण गर्न सरकार तयार रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले पीडित व्यवसायीहरुलाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । व्यापारमा इमानदारिता, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी आवश्यक रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले व्यापारमा बेइमानी भए राज्यले अङ्कुश लगाउन सक्ने अवस्था आउन सक्ने बताउनुभयो । हेटौँडा बजारमा कम क्षति हुने गरी मुख्य सडक विस्तार गर्नुपर्ने जोड दिनुहुँदै उहाँले लच्का पुलदेखि राप्ती पुलसम्म बाइपास बनाउन सङ्घीय सरकारले निर्णय गरे प्रदेश सरकारले आवश्यक बजेट छुट्याउन तयार रहेको बताउनुभयो ।

प्रकाशित : २१ चैत्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६