बिजनेस

‘उद्योग वाणिज्य क्षेत्रको नेपालको अर्थतन्त्रमा ठूलो योगदान’



मकवानपुर, २१ चैत

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्योग वाणिज्य क्षेत्रको नेपालको अर्थतन्त्रमा ठूलो योगदान रहेको बताउनुभएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिकसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेश सरकार सङ्घीय सरकारसँग सहकार्य र समन्वय गरेर उद्योग व्यापार क्षेत्रको समग्र विकासमा मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो । नयाँ सरकारसँग उद्योग वाणिज्य क्षेत्रले धेरै आशा भरोसा गरेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले यसका लागि प्रदेश सरकार सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो । सभाका अन्य वक्ताले राज्यले उद्योग वाणिज्य क्षेत्रमा करको दर बढाउने, राजस्व मात्र बढी सङ्कलन गर्ने तथा स्थानीय तहले करको दर मात्रै बढाउने गर्दा उद्योग व्यवसायी धरासायी हुने खतरा बढेको बताए । उद्योग वाणिज्यमैत्री नीति ल्याएर सो अनुरुप कानुन बनाउन सके समग्र अर्थतन्त्रको विकास हुनेतर्फ ध्यान दिन उहाँहरुको आग्रह थियो ।

प्रकाशित : २१ चैत्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६