ब्रेकिंग न्युज

सुशासन र पारदर्शितामा सांसदहरूको जोड



काठमाडौँ, २२ चैतः

राष्ट्रियसभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ । बैठकमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने बताउनुभयो । सोही दलकी गीता देवकोटाले किसानमैत्री नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो भने सांसद चन्द्रबहादुर केसीले देशको ‘आर्थिक विकास’ वर्तमान सरकारको मूलमन्त्र हुनुपर्छ भन्नुभयो । बैठकको शून्य समयमा पश्चिम एसियामा जारी द्वन्द्वका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेको तथा यसबाट सीमान्तकृत वर्ग समस्यामा परेको विषयलाई सभाका सदस्यहरूले प्राथमिकताका साथ उठाउनुभयो । सांसद उदयबहादुर बोहोराले पश्चिम एसियाली देशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसदहरू जयन्तीदेवी राई, मोहम्मद खालिद राजेन्द्रलक्ष्मी गैरे र सोनामगेल्जेन शेर्पाले पश्चिम एसियामा जारी द्वन्द्व तथा त्यसबाट नेपालसहित विश्वभर परेको प्रभाव एवं समसामयिक विषयमा सदन एवं सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भुवनबहादुर सुनारले सुर्खेतकी इनिशा विक प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सुरेशकुमार आलेमगरले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन नहुने धारणा व्यक्त गर्नुभयो । शून्य समयमा सांसदहरू मदनकुमारी शाह र नारायणदत्त मिश्रले पनि समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रकाशित : २२ चैत्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६