खोज–अनुसन्धान

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने



काठमाडौँ, २३ चैत :

मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य हासिल हुने गरी ल्याउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तर्जुमाका लागि गठित कार्यदलको बैठकमा सहभागीहरूले यस्तो सुझाव दिनुभएको हो । त्यस क्रममा आगामी मनसुनका लागि तयार गरिने कार्ययोजनामा समावेश गर्नुपर्ने विषयवस्तु, कार्ययोजनाको स्वरुप एवं गत वर्षको कार्ययोजना कार्यान्वयनका सिकाइ एवं असल अभ्यासबारे छलफल भएको थियो । छलफलमा सहभागीहरूले कार्ययोजना कार्यान्वयन योग्य र निर्दिष्ट गरिएका लक्ष्य हासिल गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । यसैगरी सबै सरोकार भएका निकायले विद्यमान जनशक्तिको अवस्था, पूर्वतयारी, प्रतिकार्य एवं सुरुआती राहतका लागि आवश्यक मौज्दातको स्थिति एवं सम्पादन गर्ने क्रियाकलापबारे यथाशीघ्र विवरण उपलब्ध गराउने समझदारी बनेको छ । प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेशप्रसाद भट्टको अध्यक्षतामा भएको छलफलमा विषयगत क्षेत्र (क्लस्टर) का सरकारी निकाय तथा सहयोगी निकाय, सम्बन्धित विभागहरू, राष्ट्रसङ्घीय निकाय, विपद्का क्षेत्रमा क्रियाशील साझेदार संस्था एवं विज्ञहरूको सहभागिता थियो । यसअघि गत हप्ता प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा कार्ययोजना तयार गर्न २१ सदस्यीय कार्यदल गठन भएको थियो । गृहमन्त्री सुधन गुरुङले मनसुन आउनुअगावै प्रतिकार्य राष्ट्रिय योजना निर्माण गर्न निर्देशन दिनुभएको थियो ।––– —

प्रकाशित : २३ चैत्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६