सुदूरपश्चिम, २४ चैत
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनअन्तर्गत आज बसेको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गर्दै अधिवेशनलाई उपलब्धिमूलक बनाउन सदस्यहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा टेबुल गर्नुभयो । बैठकको विशेष समयमा सत्तापक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख प्रतिपक्ष नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले समसामयिक विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो । —








प्रतिक्रिया