काठमाडौं २४ चैत्र
प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकारको संयोजकत्वमा गठन गरिएको “संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदल” मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट अधिवक्ता समेत रहनु भएका मोहनलाल आचार्य प्रतिनिधिका रूपमा तोकिएका छन्।
कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद आचार्यलाई उक्त महत्वपूर्ण जिम्मेवारी दिइएकोमा विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ। संविधान संशोधन जस्तो संवेदनशील र दीर्घकालीन प्रभाव पार्ने विषयमा बहसपत्र तयार गर्ने कार्यदलमा उनको सहभागिता अर्थपूर्ण रहने अपेक्षा गरिएको छ।
आचार्यले कानुनी क्षेत्रको अनुभव तथा संसदीय अभ्यासका आधारमा कार्यदलमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। संविधान सुधार, लोकतान्त्रिक संस्थागत मजबुतीकरण तथा जनअपेक्षाअनुसार आवश्यक संशोधनका विषयमा गहन बहस अघि बढाउने जिम्मेवारी यस कार्यदललाई दिइएको छ।
यस अवसरमा आचार्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, संविधान संशोधनसम्बन्धी बहसलाई व्यापक, समावेशी र लोकतान्त्रिक बन्नेमा सरोकारवालाले विश्वास ब्यक्त गरेका छन् ।








प्रतिक्रिया