अन्तर्वार्ता

जनहितलाई प्राथमिकतामा राखी काम गर्न मन्त्री चौधरीद्वारा निर्देशन



काठमाडौँ, २३ चैतः कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले वन संरक्षण, बजेटको प्रभावकारी प्रयोग र जनतामुखी विकासलाई प्राथमिकतामा राखी काम गर्न सरोकार भएका सबैलाई निर्देशन दिनुभएको छ । आज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागमा पुगेर उहाँले वनजङ्गलको संरक्षण गर्दै बजेटको प्रभावकारी उपयोगमार्फत जनहितमा काम गर्न सबैलाई निर्देशन दिनुभएको हो । संरक्षणका नाममा खर्च हुने बजेटको पारदर्शितामाथि प्रश्न उठाउँदै मन्त्री चौधरीले भन्नुभयो, “वन संरक्षणका नाममा विनियोजित रकम अधिकांश तालिम, गोष्ठीलगायत कार्यक्रममा सीमित भएकामा गुनासो छ, आगामी दिनमा यहाँहरूले यो विषयलाई ध्यान दिनुहोला ।” उहाँले कम्तीमा ९० प्रतिशत बजेट प्रत्यक्ष वन संरक्षण तथा नताको हितमा खर्च हुनुपर्नेमा जोड निर्देशन दिनुभयो । “जनताको सहभागिता र लाभ सुनिश्चित नगरी संरक्षणको नाममा खर्च गर्नुले विकास हुँदैन”, मन्त्री चौधरीले भन्नुभयो । विकास निर्माणका काममा ढिलाइ नगर्न निर्देशन दिँदै फाइल रोक्ने वा जनतालाई बिनाकारण सास्ती दिने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकाय आग्रह गर्नुभयो । कुनै समस्या भए तुरुन्त कारण खुलाएर पठाउन आग्रह गर्दै उहाँले अन्तरमन्त्रालय समन्वय आफूले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कानुन संशोधन आवश्यक परे सम्बन्धित विभागबाट प्रस्ताव पठाउन आग्रह गर्दै मन्त्री चौधरीले मन्त्रालयबाट प्रक्रिया नरोकिने स्पष्ट पार्नुभयो । “जनताको काम कुनै पनि हालतमा रोकिन नहुनेमा उहाँले जोड दिनुभयो । स्थानीय तहसँग समन्वय गर्दै संरक्षण र विकासलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री चौधरीले वनलाई केवल संरक्षणको विषय नभई समृद्धिको आधारका रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित : २४ चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६