अन्तर्वार्ता

चार सयभन्दा बढी फरार प्रतिवादी पक्राउ



दाङ, २३ चैतः जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका चार सयभन्दा बढी प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयलका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत्र दोस्रो सातासम्म चार सय १४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । अदालतको फैसला कार्यान्वनलाई प्रभावकारी बनाउन प्रहरीले थालेको फरार प्रतिवादी पक्राउ अभियान थालेको जनाउँदै उहाँले सो अभियानअन्तर्गत विभिन्न समयमा मुद्दा फैसलाभई फरार रहेका प्रतिवादी खोज्न थालेको बताउनुभयो । मुद्दा फैसला भई फरार रहेका निजहरूलाई अदालतबाट रु एक करोड २५ लाख १२ हजार ६१७ जरिवाना र १६५ वर्ष आठ महिना चार दिन कैद सजाय तोकिएको पनि प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यन्वयनका लागि प्रहरीले जिल्ला अदालत घोराहीमा पेस गरिएको जनाएको छ । दाङ प्रहरीले उपलब्ध गराएको विवरण अनुसार साउनमा २७ जना फरार प्रतिवादी पक्राउ गरिँदा रु २६ लाख १२ हजार ८२८ जरिवान र २३ वर्ष सात महिना १५ दिन कैद सजाय तोकिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । भदौमा ३५, असोजमा ५७, कात्तिकमा ३७, मङ्सिरमा ७३, पुसमा ८६, माघमा ५६, फागुनमा २९ र चैतको दोस्रो सातासम्म १४ जना फरार प्रतिवादी पक्राउ परेका उहाँले बताउनुभयो । प्रहरी प्रमुख श्रेष्ठका अनुसार साउनदेखि चैत्र दोस्रो सातासम्म चार सय १४ जना फरार प्रतिवादीलाई पक्राउ गरी रु एक करोड २५ लाख १२ हजार ६१७ जरिवाना र १६५ वर्ष आठ महिना चार दिन कैद सजाय तोकिएको छ । अन्य फरार प्रतिवादीलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई आगामी दिनमान थप तीव्र बनाउँदै लैजाने उहाँले बताउनुभयो ।

प्रकाशित : २४ चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६