अन्तर्वार्ता

वृद्धलाई कुटपिट गर्ने पक्राउ



काठमाडौँ, २५ चैतः सार्वजनिक स्थानमा एक बृद्धलाई कुटपीट गरेको अभियोगमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा देखिएको काठमाडौंको वसन्तपुर क्षेत्रमा वृद्धलाई कुटपिट गरेको भिडियोका सम्बन्धमा प्रहरीले छानबिन गरेको थियो । छानबिनका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६