ब्रेकिंग न्युज

सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता



काठमाडौँ, २६ चैत

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सभामुखमा अर्याल निर्वाचित भएपछि उहाँहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो । भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यही चैत २२ गते सभामुखमा अर्याल निर्विरोध निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । –––

प्रकाशित : २६ चैत्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६