मोरङ, २५ चैतः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृ शोक परेको छ । मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको आज साँझ झापा गौरदहस्थित निवासमा निधन भएको उहाँका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो । एक महिनाअगाडि उहाँको खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो । स्व कार्कीका दुई छोरा र पाँच छोरी हुनुहुन्छ ।
२६ चैत्र २०८२, बिहिबार








प्रतिक्रिया