ब्रेकिंग न्युज

पाल्पाको ‘अक्सिजन प्लान्ट’ पुनः सञ्चालनमा



तानसेन (पाल्पा), २७ चैत

विगत दुई वर्षदेखि बन्द रहेको यहाँस्थित पाल्पा अस्पतालको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो । कोभिड–१९ का बेला सङ्घीय सरकारको बजेटबाट निर्मित सो प्लान्ट केही वर्षयता बिग्रिएको थियो । हाल प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि अक्सिजन अभावको समस्या समाधान हुने भएको छ । यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल तथा भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो । जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । प्लान्टमै प्रति सिलिन्डर सानो ३५० र ठूलो ६५० रुपैयाँमा बिक्री हुने गरेको छ । पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दाे बनाउन प्लान्ट महत्त्वपूर्ण रहेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य छ ।” २०७८ सालको जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो । सो बजेटबाट मेसिन खरिद गरी प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।

प्रकाशित : २७ चैत्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६