काठमाडौं, २८ चैत
नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि सुरु भएको छ । सो सम्मेलनको आज यहाँ समालोचक प्राडा वासुदेव त्रिपाठीले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकको बृहत् ग्रन्थको लोकार्पण गरिएको छ । उक्त ग्रन्थमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयसँग सम्बन्धित २५ वटा गहन अनुसन्धानात्मक आलेख समावेश गरिएको नइ एकेडेमीका सदस्य–सचिव नरेन्द्र प्रसाईंले जानकारी दिनुभयो । तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको छ । सम्मेलनले नेपाली भाषा, साहित्य र अनुसन्धानका क्षेत्रमा अन्तरदेशीय सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।








प्रतिक्रिया