खेलकुद

भरौल गोल्डकपः आरटी एफसी मलेसिया फाइनल प्रवेश



धरान (सुनसरी), २९ चैत

सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबन्जारस्थित खेलमैदानमा जारी नवौँ अन्तरराष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा आरटी एफसी मलेसिया फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा आरटी एफसी मलेसियाले चित्लाङ फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको ४१औँ मिनेटमा चित्लाङ फुटबल क्लब काठमाडौँका खेलाडी मिलन पिटरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १५औँ मिनेटमा आरटी एफसी मलेसियाका खेलाडी देवेन्द्र तामाङले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । आरटी एफसी मलेसियाको तर्फबाट खेलाडी युमी, फोफोना, पेमा तामाङ र देवेन्द्र तामाङले गोल गरेका थिए भने चित्लाङ फुटबल क्लबबाट पीतर, जेन जिदे र मदन स्याङत्नले गोल गरेका थिए । शनिबारको खेलमा ‘म्यान अफ द म्याच’ आरटी एफसी मलेसियाका खेलाडी देवेन्द्र तामाङ घोषित भएका छन् । आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीका अनुसार तामाङलाई नगद रु पाँच पुरस्कार प्रदान गरिएको छ । उपाधिका लागि भोलि पथरी–११ फुटबल क्लब मोरङ र आरटी एफसी मलेसियाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु दुई लाखसहित ट्रफी हात पार्नेछन् ।

प्रकाशित : २९ चैत्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६