अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड



काठमाडौँ, २९ चैत

परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई हिन्द महासागरसँग कूटनीतिक, आर्थिक र रणानीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण अवसर प्रदान गरेको विश्वास व्यक्त गर्नुभएको छ । मौरिससको पोर्ट लुइसमा यही चैत २८ देखि आजसम्म आयोजित उक्त सम्मेलनमा भाग लिई आज स्वदेश फर्कने क्रममा उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताउनुभएको हो । मन्त्री खनालले सम्मेलनमा आफूले नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्य र साझा प्रयासको आवश्यकतामाथि जोड दिएको बताउनुभयो । उहाँले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारका विषयलाई अन्तरराष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहँुच र सम्बन्ध विस्तारमा क्षेत्रीय सहकार्य र साझेदारी विकासका विषयलाई प्राथमिकताका साथ राख्नुपर्ने विषय औँल्याएको अवगत गराउनुभयो । भ्रमणका अवसरमा मन्त्री खनालले मित्रराष्ट्रहरू भारत, भुटान, बङ्गलादेश, सिङ्गापुर, मौरिसस र तान्जानियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको र उक्त भेटले द्विपक्षीय सम्बन्ध र हितका विविध आयामलाई नयाँ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसअघि सम्मेलनमा सम्बोधन गर्दै उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेकाले यसप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै भूपरिवेष्टित राष्ट्रहरूलाई उच्च समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिताको अधिकार हुने बताउनुभएको थियो ।

प्रकाशित : ३० चैत्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६