ब्रेकिंग न्युज

संरचनात्मक सुधारतर्फ संकेतः संविधान संशोधनपछि स्थानीय शासनमा नयाँ अभ्यासको सम्भावना



कपिलवस्तु, १ वैशाख

कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मोहनलाल आचार्यले संविधान संशोधनले मुलुकको शासन प्रणालीमा नयाँ सम्भावनाका ढोका खोल्ने बताएका छन्। उनले संशोधनपछिको परिप्रेक्षमा स्थानीय तहमा नयाँ किसिमको अभ्यास—दलविहीन प्रतिस्पर्धा समेत सम्भव हुन सक्ने संकेत गरेका छन्।

बाणगंगा नगरपालिका द्वारा आयोजित निर्वाचित सांसद सम्मान तथा नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद आचार्यले वर्तमान शासन प्रणालीमा देखिएका जटिलताहरू समाधान गर्न संविधान संशोधन अपरिहार्य रहेको बताए। “संरचनात्मक सुधार मार्फत स्थानीय तहलाई अझ प्रभावकारी, उत्तरदायी र जनमैत्री बनाउन सकिन्छ,” उनले उल्लेख गरे।

कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्याल ले सुशासनका १०० बुँदे कार्यक्रम कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच सुदृढ सहकार्य आवश्यक रहेको धारणा राखे। “नागरिकसँग सबैभन्दा नजिकको सरकार स्थानीय तह हो, त्यसैले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन हामी प्रतिबद्ध छौं,” उनले भने।
उपप्रमुख रीता कुमारी थारुले सांसद आचार्यको योगदानको प्रशंसा गर्दै शिक्षाबाट अघि बढेका नेतृत्वले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याइन्।


प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले तीन तहका सरकारबीच देखिएका नीतिगत तथा कार्यान्वयन सम्बन्धी जटिलताहरू समाधान गर्न समन्वयात्मक पहल आवश्यक रहेको बताए। उनले स्पष्ट अधिकार क्षेत्र र सहकार्यको मजबुत ढाँचा निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सांसद आचार्यलाई फुलमाला र अबिरसहित सम्मान गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नयाँ वर्ष २०८३ को अवसरमा सहभागीहरूले आपसी शुभकामना आदानप्रदान गर्दै समृद्ध नगर निर्माणका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित : १ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६