ब्रेकिंग न्युज

सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि सहकार्य अपरिहार्यः सभामुख यादव



महेन्द्रनगर (धनुषा), १६ वैशाखः मधेस प्रदेशका सभामुख रामअशिष यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकको भूमिका नेतृत्वदायी हुने बताउनुभएको छ । जनकपुरधामस्थित श्री आधारभूत विद्यालय मानसिंहपट्टि, तेतरियामा आज आयोजित ‘शिक्षा स्तरीयताका लागि सभामुखसँग प्रधानाध्यापकहरूको अन्तरक्रिया” कार्यक्रममा उहाँले उहाँले शिक्षक, अभिभावक, समाज तथा स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय र सहकार्य गरेर मात्र शिक्षा क्षेत्रको समग्र सुधार सम्भव हुने विचार व्यक्त गर्नुभयो । सभामुख यादवले विद्यालयलाई शैक्षिक रूपान्तरणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि प्रधानाध्यापकहरूलाई व्यवस्थापन, अनुगमन र नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वयमार्फत व्यावहारिक, प्रविधिमैत्री र प्रतिस्पर्धात्मक शिक्षा बनाइनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा मधेस प्रदेश नीति आयोगका पूर्वउपाध्यक्ष प्रा डा भोगेन्द्र झाले शिक्षाको विकासबिना कुनै पनि देश वा प्रदेश समृद्ध हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले सामुदायिक विद्यालयको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको र सुधारका लागि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म गम्भीरता अपनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले आ–आफ्ना विद्यालयका अनुभव, समस्या तथा सुधारबारे धारणा राखेका थिए । उहाँहरूले शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी, प्रविधिको अभाव तथा अभिभावकको न्यून सहभागिता जस्ता चुनौतीहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित : १७ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६