विचार/ब्लग

‘म गाउँ फर्किन्छु’ माथि परिचर्चा



काठमाडौँ, १९ वैशाख:

‘एकपल हाँसोको खोजीमा निस्केको म पलपल रोएको छु एकक्षण खुसीको आसमा हिँडेको म हरक्षण दुःखमा फसेको छु ।’ साहित्यकार दिनेशकुमार थपलियाका कविताका यस्तै हरफ समाविष्ट कविताकृति ‘म गाउँ फर्किन्छु’ माथि परिचर्चा भएको छ । नागार्जुन वाङ्यमय प्रतिष्ठानद्वारा आज आयोजित ‘शुभप्रभात काव्यगोष्ठी’ मा साझा प्रकाशनले छापेको यो कृतिमा छलफल भएको हो । समालोचक ज्ञानु अधिकारीले कृतिको समीक्षा गर्दै कविको जीवनसँगै देशको अवस्थाको पनि चित्रण भएको बताउनुभयो । साहित्यकार विमल कोइरालाले कृतिकार थपलिया सचेत र सक्रिय व्यक्तित्वका साथै सामाजिक परिवेशलाई सृजनामा उतार्न सक्ने स्रष्टा भएको बताउनुभयो । साहित्यकार थपलियाका २०४० देखि २०६३ सालसम्मका कविता ‘म गाउँ फर्किन्छु’मा समावेश छन् । गोष्ठीमा पूर्ण विराम, पार्वती भट्ट, कृष्ण बाउसे, वैरागी जेठा, सरस्वती चिमोरिया, नवराज उत्साही, दील पौडेल, युवराज नास्तिक, मुकुन्द रेग्मी, शर्मीला तिमल्सिनालगायतका कविता र गजल पनि वाचन गरिएको थियो ।

प्रकाशित : १९ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६