अर्थ-वाणिज्य

पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान



काठमाडौँ, ९ जेठः नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज रुस प्रस्थान गर्नुभएको छ ।रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रुसमा यही जेठ ११ गते हुने सम्मेलनमा उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका नेता ताजमोहम्मद मियाँले जानकारी दिनुभयो । रसियन कम्युनिष्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुने कार्यसूची छ । उहाँले नेपाल र रुसबीचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गर्नुहुनेछ । यही जेठ १३ गते सहसंयोजक स्वदेश फर्कनुहुनेछ । नेता नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि उक्त कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । पार्टीका नेता तथा कार्यकर्ताले सहसंयोजक नेपाल र प्रवक्ता ज्वालालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।

प्रकाशित : १० जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६