गण्डकी

शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे



कास्की, ६ असार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी सञ्चारकर्मीले समाचार लेख्नुपर्ने बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘संसदीय र अदालती रिपोर्टिङ’ तालिम उद्घाटन गर्दै उहाँले सरकार सञ्चालनका कमिकमजोरी उजागार गर्नुपर्ने तर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाप्रति नागरिकमा वितृष्णा आउने समाचार सम्प्रेशण गर्न नहुने उल्लेख गर्नुभयो । “यदि अहिलेको शासन व्यवस्था रहने भने देशमा निरङ्कुशता हावी हुन्छ । त्यस बेला पहिलो सिकार हुने भनेको सञ्चार जगत् हो, नागरिक अधिकार कुण्ठित हुन्छन् । पत्रकारिता जगतले सकारात्मक सोच र आत्मविश्वास जगाउने गरी समाचार सम्प्रेषण गर्नु आवश्यक छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँले सङ्घीयतापछि जनताले नजिकबाट सरकारसँग आफ्ना माग राख्ने र अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेको बताउनुभयो । “प्रदेश सरकार बनेपछि जनताले नजिकबाट सरकारलाई चिन्न पाएका छन् । मुख्यमन्त्री र मन्त्रीहरूलाई भेटेर आफ्ना गाउँ ठाउँका आवश्यकताहरू र प्रत्यक्ष आफ्ना मागलाई सरकार प्रमुखसँग राख्ने अवसर प्राप्त भएको छ । नजिकबाट सरकारलाई सुनाउने अवस्था छ”, उहाँले भन्नुभयो । तालिम उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सुशीला सिँखडा, गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले कानुन निर्माण प्रक्रियाको बारेमा ज्ञान बढाउन तथा संसदीय प्रक्रिया बुझेर सही रिपोर्टिङका लागि तालिमले सहयोग पुग्ने विश्वास गर्नुभयो । तालिमको पहिलो दिन संसदीय पत्रकार मामिला समाजका अध्यक्ष मनोज सत्याल र पोखरा रिसर्च सेन्टरका प्रमुख सुजन रेग्मीले सहजीकरण गर्नुभयो । तालिममा पोखरामा क्रियाशील ६० भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको मञ्चका अध्यक्ष विशन क्षत्रीले जानकारी दिनुभयो ।

प्रकाशित : ६ असार २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६