खोज–अनुसन्धान

‘परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु हुँदै



काठमाडौँ, ३० असार

जलवायु न्याय र सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै फाउन्डेसन’ले ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु गर्ने भएको छ । फाउन्डेसनका अनुसार अन्तरपुस्ता महिलावादी मञ्चको सहकार्यमा धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यले यो अभियान सुरु गर्न लागिएको हो । फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीका अनुसार पछिल्ला वर्षमा बढ्दो उपभोक्तावादी संस्कृतिका कारण चाडपर्वमा आवश्यकभन्दा बढी किनमेल गर्ने, प्लास्टिक धेरै प्रयोग गर्ने र खाद्यान्न खेर फाल्ने प्रवृत्ति बढेको छ । यस्ता अभ्यासलाई कम गर्न अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस्ता गतिविधिले वातावरणसँगै महिलामाथि पनि प्रत्यक्ष असर पार्ने भएकाले अभियानले परम्परा र संस्कृतिको सम्मान गर्दै वातावरणमैत्री रूपमा चाडपर्व मनाउन प्रेरित गर्नेछ । फाउन्डेसनले चक्रिय अर्थतन्त्रलाई नेपालीको दैनिक जीवनशैलीमा स्थापित गर्ने लक्ष्य पनि राखेको छ । अभियानअन्तर्गत फाउन्डेसनले सन् २०२४ मा ‘ग्रीन तीज’ अभियान सञ्चालन गरेको थियो । त्यस अभियानमा सहभागी महिलाले हरित पर्व मनाउने पाँचबुँदे प्रतिबद्धता गरेका थिए । फाउन्डेसनले जलवायु परिवर्तनको असर कम गर्न नीतिगत सुधारसँगै व्यक्ति र समुदायको व्यवहार परिवर्तनमा पनि जोड दिँदै आएको छ । साथै खाद्यान्न सङ्कट न्यूनीकरण, लैङ्गिक समानता, जल र स्थलको जैविक विविधता संरक्षण तथा साझेदारी प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ । —

प्रकाशित : ३० असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६