गण्डकी

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो



गोरखा, ३० असार

समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ । कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मौसम अनुकूल रहे केही दिनभित्रै जिल्लाभरको रोपाइँ सकिने उहाँको भनाइ छ । कार्यालयले यस वर्ष जिल्लामा ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरेको छ । समयमा वर्षा भएकाले धान उत्पादन पनि बढ्नसक्ने कृषि प्राविधिकको अनुमान छ । जिल्लाको दरौँदी, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट र बोर्लाङफाँट मुख्य धान उत्पादन हुने क्षेत्र हुन् । उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने धानखेती हुँदैन ।

प्रकाशित : ३० असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६