जीवनशैली

समाजवादीका १४ सांसदलाई नहटाएसम्म संसद् चल्न नसक्ने : एमाले



काठमाडौं २४ माघ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १४ सांसद रहेसम्म संसद् चल्न नसक्ने अडान दोहोर्‍याएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको छलफलमा एमाले अध्यक्ष ओलीले अहिले एकीकृत समाजवादी दलको नाममा १४ जना गैरसांसदलाई राखेर संसद् चल्न नसक्ने अडान दोहोर्‍याउनुभएकाे हो ।

यदि १४ सांसद नहटाउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने माग पनि ओलीले राख्नुभएको छलफलमा सहभागी एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

‘गैरसांसदको उपस्थितिमा संसद् चल्न सक्दैन, दलले कारबाही गरेका सांसद राखेर संसद् चलाउने विषय सुहाउँदो होइन, त्यो चिज नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हामीले भनाइ राखेका छौँ,’ पोखरेलले भन्नुभयो ।एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६