जीवनशैली

लियाे अफ द मन्थ श्रावण -मनिष घिमिरेलाई



पशुपति गिरी,कपिलवस्तु,३भदौ ।
मानवीय सेवामा “हामी सेवा गर्छाैं ” भन्ने मूल आधारमा बिगत पाँच वर्ष देखि सेवा पूर्याउदै आएको लियो क्लब अफ कपिलवस्तुको लियो वर्ष २०२२ /२३ लाई सफल बनाउनका लागि आफ्नो अमूल्य समय दिएर तथा श्रावण महिनामा उत्कृष्ट कार्य सम्पादन मूल्याङ्कनका आधारमा लियो वर्ष २०२२/२३को पहिलो “लियो अफ द मन्थ श्रावण” बाट मनिष घिमिरे सम्मानित भएका छन् ।तेश्रो नियमित बैठक सम्पन्न गर्दा संस्थाका सह सचिव घिमिरेलाई समानित गरिएको हो । उक्त कार्यक्रममा क्लबका अध्यक्ष सागर बन्जाडेले ४ विधामा सबै भन्दा बढी सहयोग पुर्याएको भन्दै घिमिरे नै यस पटकको सम्मान गर्न योग्य व्यक्ति ठहरीरहेका बताउनु भएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “यो बर्ष हामी समाजमा मात्रै परिवर्तन हैन व्यक्तिमा पनि परिवर्तन ल्याउने गरी अघी बढेका छौ ।”त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लियो संयाेजक लायन सन्दिप भट्टराईले “यसरी नै हरेक महिना लियो अफ द मन्थ बाट सम्मान गर्ने हो भने हामी आफूमा पनि परिवर्तन ल्याउन आवश्यक सक्छौ ।” उहाँले भन्नुभयो संस्थाले आयोजन गरेको बैठकमा अन्य ५ वटा एजेन्डा प्रस्तुत भएको र एजेन्डामा महत्त्वपूर्ण निर्णय भएको संस्थाका सचिव दिपक आचार्यले जानकारी गराउनु भएको छ ।सागर बन्जाडेको अध्यक्षतामा सम्पन्न बैठकमा सन्दिप भट्टराईको प्रमुख आतिथ्यता, कपिलदेव भट्टराई, प्रविण गौतम, मधुसुधन गन्दर्व, मनिष घिमिरे, हरी प्रसाद अधिकारी, हरी गैरे, सोनु पौडेल, आशिष भट्टराई, श्रीधर पन्थ, सुरज बेल्बासे लगायतका सदस्यहाँरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६