तौलिहवा २५ कात्तिक । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको छ । साथै चाडपर्वमा पटका, आतसवाजी जस्ता प्रज्वलनशील पदार्थ नपड्काउन, जुवातासलगायतका जुवाजन्य खेल नखेल्न नखेलाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताउनुभयो । उहाँले कोही कसैबाट कानुन विपरीतका कार्यहरु गरेको पाइएका प्रचलित कानुनबमोजिम कारबाही हुने बताउनुभयो । प्रशासनले…