घोराही २८ असोज ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्तत्व बढ्दै गएको बताउनु भएको छ । दाङको घोराहीमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रले आइतबार घोराहीमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकहरुलाई दिउँसोको…