दाङ २० वैशाख । घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ ।उच्च अदालत तुलसीपुरले बुधवार अन्तरिम आदेश दिँदै घोराही उपमहानगरपालिका शिक्षा समितिले मिति २०७९ चैत ८ गते गरेको शिक्षक सरुवाको निर्णय सुविधा सन्तुलनका दृष्टिले हाल कार्यान्वयन नगरी यथास्थितीमा राख्न उपयुक्त देखिएको भन्दै रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका…