कपिलवस्तु ५ चैत ।नेपाल सरकारले गत फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान भारीमात्रामा कटौती गर्ने निर्णयप्रति नेकपा (एमाले) कृषि तथा पशुपन्छी विकास विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले तत्काल मलको मुल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । सरकारको निर्णयानुसार युरियामा प्रतिकेजी ११, डिएपीमा ७ र पोटासमा ९ रुपियाँले मूल्यबृद्धि…