पाल्पा २६ बैशाख । जिल्लाको विभिन्न स्थानमा जनप्रतिनिधि तथा निर्माण व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थको चोरी निकासी भएको छ । जिल्लाको रामपुर, तिनाउ, रिव्दीकोट तथा बगनासकाली गाउँपालिकाको विभिन्न स्थानबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको चोरी भएको हो ।बगनासकाली गाउँपालिकाको वडा नं. ६ यम्घास्थित मचेटाघाटमा अवैध नदीजन्य पदार्थ चोरी निकासी भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।…