गुल्मी १० बैशाख । गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारमा अव्यवस्थित रूपमा निर्माण संरचनाहरु हटाउन सुरु गरिएको छ । सडक पेटी मिचेर निर्माण गरिएका भौतिक संरचनाहरु डोजरले हटाउन थालिएको हो ।गुल्मीको रेसुंगा नगरपालिकाले यहाँको बजार क्षेत्रमा कालोपत्रे गर्नका लागि बिहीबारदेखि डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटी लगायतका संरचनाहरु हटाउन सुरु गरेको हो ।यसअघि नगरपालिकाले…