काठमाडौ २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि ‘काउन्टर’ महाभियोगको मुडमा देखिएको छ । त्यसका लागि औपचारिक निर्णयमा पुग्न एमालेले आइतबार र सोमबार लगातार बैठक बोलाएको छ । आइतबार साँझ सचिवालय बैठक र सोमबार बिहान बस्ने संसदीय दलको बैठकमा छलफल गरेर महाअभियोगबारे निर्णयमा…