कपिलवस्तु २६ साउन ।कपिलवस्तुको सुद्धोधन गाउपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ कालागि ५६ करोड ४८ लाख ८ हजार २३ रुपैयाको बजेट प्रस्तुत गरेको छ । लबनी स्वास्थ्य चौकी हलमा आठौ गाउ सभामा गाउपालिकाका प्रमुख कमलेश शरण चौधरीले प्रस्तु्त गरेका बजेट बहुमतले पास गरेको छ । स्थानीय सरकार संचालन ऐन अनुसार असार मसान्त भित्र ल्याउनु पर्ने नीति…