काठमाण्डौ १६ साउन । चुनाव खर्चको विवरण नबुझाउने उम्मेदवारलाई तत्काल जरिबाना नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।आज सोमवार उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडीको एकल इजरासले चुनाव खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिबाना गर्ने आयोगको निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले दुवै पक्षसँग छलफल गर्न साउन २२ गते सोमवार बोलाएको…