काठमाडौँ, १८ असोज राष्ट्रिय मानव अधिकार आयोगले वर्षाबाट हुनसक्ने बाढीपहिरोबाट सचेत रहन सबैलाई आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी प्राकृतिक विपद्पूर्वका कार्यहरूमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र जोखिममा रहेकाहरूलाई उद्धार गर्नु राज्यको जिम्मेवारी भएको जनाउँदै विपद्पूर्वको तयारी र विपद्प्रतिकार्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । साथै आयोगले…